ताल किनारामा ३६५ दिनै महोत्सव गर्न सकिन्छः प्रमुख जि सी

Share:

लेखनाथ । कास्कीको लेखनाथमा चैत्र १२ गते देखि सुरु भएको प्रथम खाष्टेताल महोत्सवले सोचेअनुसारकै सफलता हात पार्दै आईतबार देखि सकिएको छ ।

दशौं दिनसम्म चलेको महोत्सवको सुरुका केही दिन कोरना भाईरसको बढ्दो प्रकोपले दर्शकको सहभागीता कम हुने आशंका आयोजकहरुमा सृजना भए पनि पछिल्लो समय मौसमको अनुकुलता र सरकारले चार दिन विद्यालय बन्द गराउने निर्णयले महोत्सवमा दर्शकको चापसँगै कारोबारमा पनि बृद्धि भएकोले महोत्सव सफल भएको आयोजकहरुको दावी रहेको छ ।

खाष्टेताल किनारा खरानेफाँटमा भएको महोत्सवको समापन सम्म आईपुग्दा सम्म ५० हजार दर्शकले मेलाको अवलोकन गरेको र आर्थीक तर्फ करिव दुई करोड वरावरको आर्थीक कारोवार भएकाले महोत्सवले सोचे अनुसार कै सफलता हात पार्न सफल भएको आयोजक संस्था खाष्टे न्यूरेनी ताल संरक्षण समितिले दाबी गरेको छ ।

कोरनाको बढ्दो आवस्थालाई मध्यनजर राख्दै स्वास्थ्यका सम्पुर्ण विधिहरु अपनाउदै दैनिक जसो लोक दोहोरी, हास्य प्रह्सन, रत्यौली गीत प्रतियोगिता, भजनचुड्का प्रतियोगिता र साँझामा युवा वर्गलाई केन्द्रित गरी राखिएका मनोरञ्जनात्मक कार्यक्रमले गर्दा दर्शकको चाप बढ्ने गरेको आयोजक संस्थाका सचिवालय संयोजक विष्णुहरि ढुगानाले जानकारी दिएका छन् ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले हामीहरुसँग भएका सबै तालमा ३६५ दिन नै महोत्सव गर्न सकिने धारणा राख्दै तालहरुको संरक्षण गर्दै यस वरपर पनि मनोरञ्जनात्मक पार्क तथा पर्यटनलाई आकर्षण गर्ने गतिविधीहरु संचालन गर्नु पर्ने धारणा राखेका थिए ।

खाष्टे र न्युरेनी तालको प्राकृति स्रोत र साधनको संरक्षणमा टेवा पु¥याउने उदेश्यले राखिएको महोत्सवले यस क्षेत्रलाई देश विदेशमा चिनाउन सफल भएकोले यसैलाई सफलता मान्नु पर्ने आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीको भनाई रहेको थियो ।

कार्यक्रममा सहयोगी संस्थाहरुको तर्फबाट मादी हाईडो पावरका निर्देशक पुष्पज्योती ढुगाना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारी, पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल, नेपाली कांग्रेसका नेता राजेन्द्रमणि लामिछाने, राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहाल, वडा नं २६ वडासदस्य सर्मिला सुनार, स्टेज संयोजक शिवहरि ढुगाना, प्रचार प्रसार उप समितिका संयोजक ईश्वरराज भण्डारी र महोत्सवका महासचिव ईश्वरी प्रसाद अधिकारी लगाएतले आआफनो धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: