
पोखरा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
निगमले बढाएको उक्त मूल्य आइतबार राति १२ बजेबाट लागू हुने जनाएको छ ।
अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
कमेन्ट गर्नुहोस्
