सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Share:

पोखरा । नेपाली बजारमा सोमबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सयले घटेको हो ।

आज छापावाला सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ४ सय रहेको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ ।

आइतबार प्रतितोला चाँदीको मूल्य १२ सय ४० रहेकोमा आज मूल्य घटेर प्रतितोला चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: