देशभर थप २६६ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७८ हजार २१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७३ हजार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १०२ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ।

हाल नेपालमा १ हजार ८३२ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६४ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ५३६ परिक्षण भएको छ भने हालसम्म २२ लाख ८९ हजार ८२४ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: