
पोखरा । मंगलबार आज सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सयले बढेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ५० रहेको छ ।
यसैगरी, आज चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
