
गोरखा। गोरखामा माछा मार्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् ।
सोमबार साथीसहित त्रिशूली नदीमा माछा मार्न गएका गोरखा शहिदलखन गाउँपालिका ४ फेवाटारका २२ वर्षीय धन बहादुर प्रजा नदीमा डुबेर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सोमबार राति ९ बजे साथीहरु २६ वर्षीय यम बहादुर राना र २० वर्षीय सुजन राना सँग नदीमा माछा मार्न गएका प्रजा बेपत्ता भएका हुन् ।
बेपत्ता भएका प्रजाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
