थ्री स्टारलाई हराउँदै पुलिस सेमिफाइनलमा

Share:

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिस क्लवको तर्फबाट बुद्ध बल तामाङले दुई गोल गरे । यस्तै तेज तामाङ र सौजन राईले एक एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच तेज तामाङ चुनिए ।

अब पुलिसले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतस्पिर्धा गर्नेछ । यता आहा रारा गोल्डकपमा ५ पटक विजेता बनेको थ्रि स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ ।

आजको खेलसँगै क्वाटरफाइनलका खेल सकिएका छन् भने भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुने आयोजकले जनाएको छ ।

भोलि संकटा क्लव र एपिएफबीच पहिलो सेमिफाइनलको खेल हुने छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ८ टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेत टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: