
पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।
आज छापावाला सुन तोलामा ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रहेको छ ।
यसैगरी, बुधवार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
