
पोखरा । पोखराका ३७ सहित गण्डकी प्रदेशमा आज बिहीबार थप ५६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका ५६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ३७ जना छन् । तीसबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका १५ जना, नवलपुरका २ जना, म्याग्दी र पर्वतका एक,एक जनामा पनि कोरोना संक्रमण भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ का ५० वर्षीय पुरुष, वडा नं.६ का ३३ वर्षीय पुरुष, वडा नं.८ का २१ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. १० का ३८ र ७८ वर्षीय पुरुष, वडा नं.१२ की ७२ वर्षीया महिला, वडा नं.१६ का २३ र ६२ वर्षीय पुरुष तथा २४ र ५७ वर्षीया महिला, वडा नं.१७ का १४,१४ वर्षका ६ जना बालक, ६० वर्षीय पुरुष तथा १४ देखि ७० वर्ष उमेर समुहका १२ जना महिला, वडा नं.२४ की २२ वर्षीया महिला, वडा नं.२५ का ४३ वर्षीय पुरुष, वडा नं.२६ की ५३ वर्षीया महिला, वडा नं.२८ का ४० वर्षीय पुरुष, वडा नं.३० की ३३ वर्षीया महिला, वडा नं. ३१ की ३० वर्षीया महिला र वडा नं.३२ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ४३ वर्षीय पुरुष तथा १७ देखि २६ वर्ष उमेर समुहका ९ जना महिला, ताराखोला गाउँपालिका वडा नं.२ का ५७ वर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नं.३ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका वडा नं.२ की ६८ वर्षीया महिला, वडा नं. ५ का ३० वर्षीय पुरुष, म्याग्दीको धौलागिरी वडा नं.७ की ३८ वर्षीया महिला एवं पर्वतको जलजला गाउँपालिका वडा नं.९ का ८१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा थप १४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार २१५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ४०८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३६२ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १९१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३७ हजार २२० नमुना परिक्षण भएको छ ।
