देशभर थप ३३२ जनामा कोरोना पुष्टि, ७९ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार १०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७३ हजार ६०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले ज्यान गएको छैन ।

हाल नेपालमा २ हजार ४५४ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७७ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ६ परिक्षण भएको छ भने हालसम्म २३ लाख २ हजार १७३ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: