
पोखरा । देशभर गत २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७३ हजार ७३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १२७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले ज्यान गएको छैन ।
हाल नेपालमा २ हजार ६१५ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८४ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ७१ परिक्षण भएको छ भने हालसम्म २३ लाख ६ हजार २४४ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
