बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ । आज छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार रहेको थियो ।

यस्तै, तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: