राष्ट्रपति भण्डारीले आज ६३३ जनालाई विभूषित गर्दै

Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजे सुरु हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्न लागेकी हुन् ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका सयौँ व्यक्तिलाई प्रदान गर्न लागिएको हो ।

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: