
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ४५ लाख २ हजार ६८८ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ७ लाख ३७ हजार ४२५ संक्रमित थपिएका छन् ।
यस्तै, गत २४ घण्टामा १३ हजार ८२७ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख १४ हजार २२० पुगेको छ ।
हाल विश्वभर १० करोड ८३ लाख २८२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख ४ हजार ९३५ जना निको भएका हुन् ।
विश्वभर २ करोड ३२ लाख ८८ हजार १८६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १ हजार ६१६ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १७ लाख १७ हजार ४०४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४२ लाख ७२ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७३ हजार ८५६ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ७० हजार ६७९ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार १२१ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ३२ लाख ८६ हजार ३२४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १७ लाख ३२ हजार १९३ जना निको भएका छन् भने ३ लाख ४५ हजार २८७ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ८ हजार ८४४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना निको भएका छन् भने १ लाख ६७ हजार ६९४ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ९ लाख ७९ हजार ५१९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
