माछा मार्ने क्रममा करेन्ट लागेर स्याङ्जामा एक पुरुषको मृत्यु

Share:

स्याङ्जा । स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागि एक पुरुषको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका–७ हेलु स्थित आधिखोलामा शनिबार दिउँसो २ः५५ बजे मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा भिरकोट– ७ लामाचौरका अन्दाजी ३४ वर्षीय बिबेक खाणको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते भएका खाणको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: