विश्वभर १३ करोड ५९ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ५९ लाख ९४ हजार १२३ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ७ लाख ३ हजार ५५५ संक्रमित थपिएका छन् ।

यस्तै, गत २४ घण्टामा ११ हजार २७४ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ३९ हजार ३७ पुगेको छ ।

हाल विश्वभर १० करोड ९३ लाख ५८ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ४ लाख ९० हजार २७५ जना निको भएका हुन् ।

विश्वभर २ करोड ३६ लाख ९६ हजार ५६२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख २ हजार ६०० गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १८ लाख ६९ हजार ९८० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४४ लाख २३ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार ५९३ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ७० हजार ७९८ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार २१८ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ३४ लाख ४५ हजार ६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १८ लाख ३८ हजार ५६४ जना निको भएका छन् भने ३ लाख ५१ हजार ४६९ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ५४ हजार ९७३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड २० लाख ७८ हजार ३३३ जना निको भएका छन् भने १ लाख ६९ हजार ३०५ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ११ लाख ७ हजार ८२७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: