
काठमाडौँ । म्यानमारमा ’कू’ गरेर सत्ता कब्जा गरेको सैन्य सरकारले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको समाचारसंस्था सीएनएनले जनाएको छ ।
गएको मार्च २७ मा याङ्गोनको ओकालापा जिल्लामा सेनाका क्याप्टेनका सहयोगीको हत्या भएको र त्यही घटनामा संलग्नलाई मृत्युदण्डको सजाय सुनाएको जनाइएको छ ।
गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि सरकारले पहिलोपटक मृत्युदण्डको सजाय सुनाएको हो ।
द एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स समूहले म्यानमारमा सैन्य ’कू’ पछि भएका घटनामा ४८ बालबालिकासहित कम्तीमा ६ सय १४ जनाले ज्यान गुमाइसकेको बताएको छ । समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा छन् ।
कमेन्ट गर्नुहोस्
