
काठमाडौँ । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।
शनिबार राति लुटपाट गर्न आएको समूहले धारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी ४५ वर्षीय प्रदिप कुमार विश्वकर्माको हत्या गरेका हुन् ।
राति १ बजेतिर घरभित्र पसेका ६/७ जनाको लुटेरा समूहले उनको टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार उनकी श्रीमती वर्षीया अनिता कुमारी दुलाललाई पनि लुटेराहरुले गोली र खुकुरी प्रहार गरेका छ ।
घटनामा घाईते भएकी अनिताको सिराहा स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ ।
यसैबिच, घटनामा संलग्नमध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, शंकास्पद अर्का लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान ४ः३० बजे पक्राउ गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
