
पर्वत । घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतमा एक युवकको मृत्यु भएको छ ।
जलजला गाउँपालिका–७ का ३५ वर्षीय मकरबहादुर केसी शनिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार बिहान करिब ९ बजे घाँस काट्न निस्किएका केसी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृत फेला पारेका हुन् ।
गाउँदेखि केही दुरीमा पर्ने सल्यानको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि थप खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
