
पोखरा । पोखरामा जबर्जस्ती करणी मुद्धामा धादिङका युवक पक्राउ परेका छन् ।
शनिबार १५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिई जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा धादिङ निलकण्ठ नगरपालिका-९ घर भई कास्की पोखरा- ४ गणेशटोल बस्दै आएका २३ वर्षीय ईश्वर श्रेष्ठ पक्राउ परेका हुन् ।
आफ्नो कोठबाटै उनलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्धामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
