
पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १ लाख ६० हजार ६९४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड २२ लाख ५० हजार ४४० जना निको भएका छन् । गत २४ घण्टामा पनि ९६ हजार ७२७ जना निको भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप ८८० जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ ।
हाल भारतमा १२ लाख ६४ हजार ५४४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
