विश्वभर १३ करोड ७२ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ७२ लाख ४९ हजार ४४३ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ५ लाख ८८ हजार २७१ संक्रमित थपिएका छन् ।

यस्तै, गत २४ घण्टामा ८ हजार ७६१ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या २९ लाख ५८ हजार २४१ पुगेको छ ।

हाल विश्वभर ११ करोड ४ लाख २८ हजार ९७३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ५ लाख ५० हजार ७२१ जना निको भएका हुन् ।

विश्वभर २ करोड ३८ लाख ६२ हजार २२९ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ३ हजार ९१० गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १९ लाख ९० हजार १४३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४५ लाख ६० हजार ८५६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७६ हजार २९८ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ५२ हजार ९८९ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ३२१ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: