
काठमाडौँ । कोरोनाविरुद्धको खोप भेरोसेल आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाइँदैछ ।
३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् । खोप लगाउने व्यक्तिले परिचय पत्र भने अनिवार्य बोक्नु पर्नेछ ।
यसअघि गएको २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई मात्रै लगाइएको थियो ।
चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल खोप नेपालमा चैत १६ गते ल्याएको थियो ।
कमेन्ट गर्नुहोस्
