सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Share:

पोखरा । नेपाली बजारमा मंगलबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला सुन ८९ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ५० रहेको छ ।

सोमबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: