बदली र वर्षाको सम्भावना कहाँ–कहाँ?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आज बुधबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भू–भागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू–भागका एक दुई ठाँउ मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भू–भागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: