पोखरामा ठुलो मात्रामा लागूऔषध गाँजासहित युवक पक्राउ

Share:

पोखरा । पोखरामा ठुलो मात्रामा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पोखरा –३० पावर हाउसबाट ६ किलोग्राम लागूऔषध गाँजासहित धादिङ गल्छी गाउँपालिका ८ गोगनपानीका २२ वर्षीय सानु कान्छा तामाङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मंगलबार राति ९ः५० बजे तामाङलाई गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: