आँधीखोलामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ति शिविर सुरु

Share:

स्याङ्जा । आजदेखि स्याङ्जाको आँधीखोला गाउपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमदर्ता अभियान घुम्ति शिविर सुरु भएको छ ।

आँधीखोला गाउँपालिका वडा नं. १ पञ्चमुल राजास्वारामा आँधीखोला गाउँपालिकाका अध्यक्ष श्री सुधिर कुमार पौडेलले पवनकाजी अधिकारी र भावना पौडेलको नव विवाहित जोडीलाई विवाह दर्ताको प्रमाणपत्र प्रदान गरी अभियानको सुभारम्भ गरेका थिए ।

व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रम दर्ता अभियान घुम्ती शिबिर उद्घाटन सत्रमा बोल्नुहुँदै आँधीखोला गाउपालिकाका अध्यक्ष श्री सुधिर कुमार पौडेलले समयमै आफ्ना घटना विवाह, जन्म, बसाईसराई, सम्बन्ध बिच्छेद, मृत्यु साथै सामाजिक सुरक्षाका कार्यक्रममा दर्ता भएर नागरिकको दायित्व पुरा गरी राज्यबाट प्राप्त हुने सेवा सुबिधामा सहभागिता जनाउन आब्हान गरे।

आँधीखोला गाउपालिका वडा नं. १ पञ्चमुलका वडा अध्यक्ष श्री लोकप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त शिबिर सञ्चालनको उद्घाटन सत्रमा वडा सदस्य नारायण प्रसाद अधिकारी, स्थानीय पञ्जिकाधिकारी गुरु प्रसाद ढकाल, सेवा प्रदायक संस्था आस्क नेपालका हरीप्रसाद ढकाल लगायतले आआफ्नो मन्तव्य राखेका थिए भने सभाको सञ्चालन दर्ता सहायक बाबुराम विकले गरेका थिए ।

आजबाट देशैभर सुरु भएको व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमदर्ता विशेष अभियान सुरु भएको र आँधीखोला गाउपालिकाको आर्थीक सहयोगमा सेवा प्रदायक संस्था आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले आँधीखोला गाउँपालिका स्याङ्जाका ६ बटै वडामा ३÷३ दिन सञ्चालन हुनेगरी १८ दिनको व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता विशेष अभियान घुम्ति शिविर पञ्चमुलको राजास्वाराबाट सुरु गरेको हो । आँधीखोला गाउँपालिकाले पालिकाभित्र रहेका नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि घुम्ती शिविर मार्फत अभियान सञ्चालन गर्न लागेको हो । शिबिरमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता सँगसँगै गुनासाहरुको संबोधन समेत गरिनेछ ।

सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्याउने र अरु घटना दर्ता पनि उल्लेख्य रुपमा बढाउने उदेश्य राखेको छ ।नेपालमा हरेक वर्ष बैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: