
लमजुङ। लमजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो ३ बजे मर्स्याङ्दी गाउँपालिका–३ थाकन स्थित हावा खोलामा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १६/१७ वर्षको बालकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार अर्का एक जना बेपत्ता भएको र खोजी कार्य भइरहेको छ ।
मृतक र बेपत्ता भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
