बागलुङमा तन्नामा बेरिएको अवस्थामा एक पुरुष मृत फेला

Share:

बाग्लुङ। बाग्लुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुधबार दिउँसो १ः५० बजे ढोरपाटन नगरपालिका–२ सल्लेपानी सामुदायिक बन नजिकै जस्ती खोलामा अन्दाजी ३४/३५ वर्षको पुरुष मृत फेला परेको हो ।

उक्त खोलाको उत्तर तर्फको किनारामा तन्नामा बेरिएको अवस्थामा पहिचान नखुलेका पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: