
पोखरा । गण्डकी प्रदेशका उपसभामुख सृर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएकी छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लि.द्धारा आयोजित नव बर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो लोकार्पण कार्यक्रममा उनले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन् ।
मानव अस्तित्वलाई नै संकटमा पार्ने गरि विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) रोकथामका लागि सामुहिक प्रयास आवश्यक रहने बताउँदै उनले आफ्ना कृयाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अप्नाउनु पर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले पैसा खरिद बिक्री नभई उत्पादित बस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्फ लाग्नु पर्ने आवश्यकता औल्याए ।
संस्थाका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोल, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्व माथि प्रकाश पारेका थिए ।

