
पोखरा । छिमेकी देश भारतमा एकैदिन झण्डै दुई लाख जना कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमित थपिएका छन् ।
वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ लाख ९९ हजार ५६९ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड २४ लाख २६ हजार १४६ जना निको भएका छन् । गत २४ घण्टामा पनि ९३ हजार ४५८ जना निको भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप १ हजार ३७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७३ हजार १५२ पुगेको छ ।
हाल भारतमा १४ लाख ७१ हजार ५९२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।
