गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Share:

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आज (बिहीबार) प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी २८ प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

त्यस्तै प्रदेश सभा सदस्यहरुले गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

बुधबार राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका थिए ।

गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । चार दल मिलेर नयाँ सरकार बनाउने कोसिस भइरहेको छ ।

त्यस्तै आज नै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: