पोखराका ९ सहित गण्डकीमा बिहीबार थप १० जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ९ सहित गण्डकी प्रदेशमा आज बिहीबार थप १० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र तनहुँ जिल्लाका १० जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ९ जना छन् भने तनहुँ १ जना छन् । कास्कीका सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ का ४९ वर्षीय पुरुष, वडा नं.६ का ६८ वर्षीय पुरुष, वडा नं.७ का २४ वर्षीय पुरुष, वडा नं.११ की ५२ वर्षीया महिला, वडा नं.१४ की ३५ वर्षीया महिला, वडा नं.१७ का २५ वर्षीय पुरुष, वडा नं.२५ का ४ वर्षीय बालक तथा २८ र ६९ वर्षीया महिला, एवं तनहुँ घिरिंग गाउँपालिका वडा नं. ६ का ६८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ९७६ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०७ जनाको ज्यान गएको छ भने १६ हजार ३०७ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: