भारतमा एकैदिन २ लाख १६ हजार बढीमा कोरोना पुष्टि

Share:

पोखरा । छिमेकी मुलुक भारतमा एकैदिन २ लाख १६ हजार ८५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड २५ लाख ४३ हजार ९७८ जना निको भएका छन् । गत २४ घण्टामा पनि १ लाख १७ हजार ८३२ जना निको भएका छन् ।

यस्तै, गत २४ घण्टामा थप १ हजार १८३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ७४ हजार ३३५ पुगेको छ ।

हाल भारतमा १५ लाख ६९ हजार ४२७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

हाल भारत विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: