लेउवा संघले दियो सापकोटा परिवारलाई राहत रकम

Share:

लेखनाथ । वि स २०७१ सालमा लेखनाथ उद्योग बाणिज्य संघको साधारण सदस्य बनेका पोखरा–३१ का सोमराज सपकोटाको परिवारलाई लेखनाथ उद्योग बाणिज्य संघले मृत्यु पश्चातको रहत रकम प्रदान गरेको छ ।

६६ वर्षको उमेरसम्म पनि केही गरौं भन्ने उच्च अभिलासका साथ सापकोटा राईसमिल संचालन गर्दै आएका सापकोटाको गत चैत्र २६ गते शडक दुर्घटनामा परि निधन भएपछि लेखनाथ उद्योग बाणिज्य संघले आफना सदस्यहरुको हक हितका सवालमा सहयोग पुग्ने गरि स्थापना गरेको राहतकोषबाट स्व. सापकोटाको परिवारलाई ५० हजार सहयोग गरेको हो ।

संघले ब्यवसायी सदस्यको हितका लागी समय समयमा पर्ने अकल्पनीय घटनालाई ध्यानमा राख्दै ब्यवसायी सदस्य कै मृृत्यु भएकामा रु पचाँस हजार र ब्यवसायी सदस्यका नजिका आफन्तको मृत्यु भएमा राहत स्वरुप पाँच हजार प्रदान गर्दै आएको छ ।

परिवारको पिडामा समवेदना प्रकट गर्न पुगेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बाबुराम गिरी,सुमनमोहन भटराई र लक्ष्मी प्रसाद त्रिपाठी लगाएको एक प्रतिनिधी टोलीले बिहिबार स्वर्गीय सापकोटाको घरमा नै पुगी नातीलाई सहयोग स्वरुपको चेक प्रदान गरेका हुन् ।

यस अघि संघले आफनै सदस्यहरुको दुःखद घटनामा परि ज्यान गुमाएका चार जनाको परिवारलाई सहयोग गरिसकेको छ । स्वर्गीय सापकोटाका श्रीमती लिला सापकोटा, छोरा प्रकाश र अर्जुन रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: