
पोखरा । शुक्रबार (आज) प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेका कारण मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादली र बाँकी क्षेत्रमा आंशिक बादली रहेको अवस्था छ ।
शुक्रबार दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।
प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसैबीच, देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्ह/साँझतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ।
