तोलामा ९० हजार नाघ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Share:

काठमाडौँ । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सयले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: