
पोखरा । पोखराका ८५ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप १०८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका १०८ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ८५ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका १० जना, स्याङ्जाका ५ जना, नवलपुरका ३ जना, तनहुँका २ जना, गोरखा, म्याग्दी र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ८४ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ४१५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।
हाल प्रदेशभर ४६२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ४२० जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ७२७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३८ हजार ८७० नमुना परिक्षण भएको छ ।






