
पोखरा । देशभर गत २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७४ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २०८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।
हाल नेपालमा ५ हजार ८ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ७७ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ६ हजार १५८ परिक्षण भएको छ भने हालसम्म २३ लाख ३५ हजार ८४ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
