
पोखरा । कास्कीका ६१ सहित गण्डकी प्रदेशमा आज आइतबार थप ८१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ८१ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ६१ जना छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका १ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका १० जना, स्याङ्जाका ५ जना, पर्वत र तनहुँका २,२ जना तथा नवलपुरका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप २९ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ४४४ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।
हाल प्रदेशभर ५१४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ४६८ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ७३० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३९ हजार ६०० नमुना परिक्षण भएको छ ।




