विश्वभर १४ करोड १९ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड १९ लाख ९६ हजार ६८९ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ७ लाख ९ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप ९ हजार ४१८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ३२ हजार ७३३ पुगेको छ ।

हाल विश्वभर १२ करोड ६ लाख ८६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ५६ हजार ४९६ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८२ लाख ७७ हजार ७०८ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ४४१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २४ लाख ४ हजार ४५४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४९ लाख ६१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ६१ पुगेको छ ।

हाल अमेरिकामा ६८ लाख ६२ हजार १६४ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ८१४ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: