पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।

आइतबार कास्कीको पोखरा महानगरपालिका– १६ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चैत्र ३१ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: