देशभर थप १ हजार २८१ जनामा कोरोना संक्रमण, ८ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १ हजार २८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७५ हजार ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ।

हाल नेपालमा ७ हजार २५४ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ८१ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ७ हजार ५४८ परिक्षण भएको छ भने हालसम्म २३ लाख ५२ हजार ५०२ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: