
पोखरा । देशभर गत २४ घण्टामा थप १ हजार ७३६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७५ हजार ८०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप २५१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ।
हाल नेपालमा ८ हजार ६५९ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ९२ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ८ हजार ७३८ परिक्षण भएको छ भने हालसम्म २३ लाख ६० हजार ५५७ परिक्षण भएको छ।
