
पोखरा । पोखराका २३ सहित गण्डकी प्रदेशमा आज मंगलबार थप ३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३२ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २३ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, नवलपुरका ५ जना, तनहुँ र म्याग्दीका २/२ जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार २६३ पुगेको छ ।
यसैगरी, प्रदेशमा आज थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ४९२ पुगेको छ ।
हाल प्रदेशभर ५६२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ५२२ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १०७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३९ हजार ९१४ नमुना परिक्षण भएको छ ।
