
पोखरा । गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गोरखाको भिमसेनथापा गाउँपालिका–१ का ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।
गत चैत्र २८ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको बैशाख ४ गते होम आइसोलेसनमै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
