
पोखरा । मंगलबार आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेको छ ।
छापावाला सुन आज तोलामा ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रुपैयाँ रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
