
काठमाडौँ । कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा आज मंगलबारदेखि दिइँदैछ ।
पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट दिन लागेको हो ।
पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ । खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ ।
गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो ।
खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म खुल्छन् ।
कमेन्ट गर्नुहोस्
