
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १४ करोड ३५ लाख ३६ हजार २०६ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख २४ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टामा थप १३ हजार ९०५ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ५६ हजार ९२६ पुगेको छ ।
हाल विश्वभर १२ करोड २१ लाख ४२ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ३० हजार ५७५ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८३ लाख ३६ हजार ८७९ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ९ हजार ४९० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २५ लाख ३६ हजार ४७० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५१ लाख ५ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८२ हजार ४५६ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ४८ हजार ४७९ सक्रिय संक्रमित छन् । ती मध्ये १० हजार ४८ गम्भिर बिरामी रहेका छन् ।
