
पोखरा । पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका– २९ की ५४ वर्षीया संक्रमित महिलाको बुधबार मृत्यु भएको हो ।
बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भई चरक मेमरियल अस्पतालमा उपचारत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका–३३ का ८४ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
बैशाख ५ गते नै कोरोना पुष्टि भई संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारत ती पुरुषको उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

